पाकिस्तानी र अफगानी सेनाबीच गोली हानाहान, के हो विवाद ?
पाकिस्तान र अफगानिस्तान सीमामा गोली चलेको छ । पाकिस्तानी अधिकारीका अनुसार दुवै देशको बीच सीमामा तालिवानी जवानले गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
अफगान सैनिक दक्षिणपश्चिममा रहेको चमन बोर्डर नजिक असैनिक इलाकामा गोली चलाएका थिए । सोपछि सीमा क्षेत्रमा रहेको केही गाउँ उनीहरुले खाली गराएका थिए । सञ्चारमाध्यमका अनुसार त्यहाँका अस्पताल र क्षेत्रलाई सचेत गराउने काम भएको छ । यसअघि पाकिस्तान र अफगान सैनिकबीच भएको झडपमा ६ जनाको ज्यान गएको थियो । तालिवान सैनिकले पहिले पाकिस्तानी सैनिक जवानले गोली चलाएको बताएको छ । समस्या समाधानका लागि दुवै पक्षबीच वार्ताका पहल भइरहेको बताइएको छ ।
अफगान रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार पहिले पाकिस्तानको तर्फबाट गोली चलेको थियो । यस्तो नकारात्मक भावनाबाट कसैको हित नगर्ने मन्त्रालयको भनाइ छ । तर पाकिस्तानी सञ्चार माध्यमका अनुसार सीमामा एक सैनिक व्यारेक मर्मत गर्ने विषयसँग यो कुरा सम्बन्धित छ । पाकिस्तानी सैनिकले व्यारेक मर्मत गर्नेबेलामा अफगान सनिकले गोली चलाउँदा झडप भएको थियो ।
अफगान सैनिकले सीमामा रहेको गाउँ खाली गराउन धेरै राउण्ड फायर खोलेपछि त्यसको जवाफमा पाकिस्तानी सैनिकले फायर गरेको पाकिस्तानी सञ्चार माध्यमको दावी छ । झडप पछि सीमामा रहेको चमन जिल्ला अस्पतालमा आपतकाल घोषणा गरिएको छ । त्यहाँ बस्ने नागरिकलाई त्यसबारे सचेत गराइएको छ ।एजेन्सी










