युक्रेनलाई पुनर्निर्माणका लागि एक अर्ब युरो सहयाेग गर्ने पेरिस सम्मेलनकाे प्रतिबद्धता

कोल्हवी न्यूज
२०७९ मंसिर २८, बुधबार ०८:०८ गते

रुस–युक्रेन युद्धका कारण युक्रेनमा क्षतिग्रस्त भएका संरचनाकाे पुनर्निर्माणका लागि सहयोग जुटाउन फ्रान्समा अन्तर्राष्ट्रिय सम्मेलन भएको छ ।

पेरिसमा भएको यो सम्मेलनले युक्रेनका लागि झण्डै एक अर्ब युरो सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देश युक्रेनलाई सहयोग गर्ने निर्णय गरेको फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले सार्वजनिक गर्नुभएको छ ।

यो सहयोग नयाँ प्रतिबद्धतामध्ये एक रहेको र ऋण नभइ उपहार रहेको उहाँको भनाइ छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले राजनीतिज्ञ, सहायता निकाय तथा विभिन्न कम्पनीको भेला आह्वान गर्नुभएको थियो । राष्ट्रपति म्याक्रोनले युक्रेनलाई समर्थन गर्न आउँदा दिनमा पनि निरन्तर प्रयास गर्ने वाचा गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*