यी हुन् फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा पुग्ने ८ टोली

कोल्हवी न्यूज
२०७९ मंसिर २१, बुधबार ०७:२४ गते

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ । गएराति पोर्चुगल र स्विट्जरल्याण्डको खेल सकिएसँगै अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लागेको हो ।

यसपटक साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को र पोर्चुगलले क्वाटरफाइनलको यात्रा तय गरे ।

पहिलो क्वार्टरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शुक्रबार राति ८ः४५ देखि सुरु हुनेछ । त्यस्तै, सोही राति १२ः४५ मा हुने दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल शनिबार राति ८ः४५ देखि सुरु हुनेछ ।

त्यस्तै, अन्तिम तथा चौथो क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शनिबार राति १२ः४५ देखि सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*