बर्मामा ७ विद्यार्थीलाई मृत्युदण्डको सजाय सुनाइयो

कोल्हवी न्यूज
२०७९ मंसिर १८, आईतवार ०७:५८ गते

म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको संख्या १३९ पुगेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले म्यानमारको सेनाले विरोधीलाई दमन गर्न मृत्युदण्डलाई औजारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। सन् २०२१ को फेब्रुवरीमा आङ सान सुकीको नागरिक सरकारलाई सेनाले कु गरेपछि म्यानमारमा राजनीतिक उथलपुथल बढेको छ ।

यसै साता सेनाको एक अदालतले कम्तीमा ७ जना विश्वविद्यालयका विद्यार्थी (छात्र) लाई मृत्युदण्डको सजाय सुनाएको मानवअधिकारका लागि राष्ट्रसंघका आयुक्त भोल्कर टर्कले एक विज्ञप्तिमा बताएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*