स्पेनलाई हराउँदै समूह विजेता बन्यो जापान, समूहचरणबाटै बाहिरियो जर्मनी
२०७९ मंसिर १६, शुक्रबार ०८:०४ गते
फिफा विश्वकप २०२२ मा जापानले दोस्रो सनसनीपूर्ण नतिजा निकाल्दै नकआउटमा स्थान बनाएको छ। समूह ई अन्तर्गतको अन्तिम खेलमा जापानले स्पेनलाई २(१ ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्यो।
स्पेन पराजित भएपनि गोल अन्तरमा जर्मनीलाई पछि पार्दै उपविजेताका रुपमा स्पेनले नकआउटमा स्थान बनायो। जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४(२ ले हराएपनि नकआउट पुग्न असफल रह्यो।









