बाराको कोल्हवीमा फेरि जंगली हात्तीको बितण्डा
कोल्हवी:बाराको कोल्हवी फेरी जंगली हातिले बितण्डा मचाएको छ।
कोल्हवी नगरपालिका वडा नम्बर ५ बलुवा जङ्गल टोलमा गएराति जंगली हातिले बितण्डा मच्चाउदा स्थानीयहरु आतंकीत भएका छन । हात्तिले स्थानीय जुरी बच्छारको घरमा क्षति पुर्याएको छ।गएराती करिब १ बजेको समयमा आएको जंगली हातिले घरमा क्षति पुर्याएको स्थानियले जानकारी दिएका छन।
हात्तिले बस्तिमा पसेर बच्छार लगायत अन्यको खेतवारीमा लगाएको आलु,केराको बोट र घरहरुमा समेत क्षति पु¥याएको छ। हातिलाई बस्तिमा आएको देखेर स्थानीयहरु त्रसित भएका हुन।
उक्त हात्ति बिहान करिब ४ बजे मात्र जङ्गल तिर पसेको स्थानीयहरुले जानकारी गराए । केहिदिन अगाडी पनि कोल्हवी नगरपालिका वडा नम्बर ३ जुअवा सेरा टोलमा पनि जंगली हातीले ९ जनाको घरमा क्षति पुर्याएको थियो।