अज्ञात समुहद्वारा रौतहटको एक किसानको धानको भारिमा आगजनी

कोल्हवी न्युज
२०७९ मंसिर १४, बुधबार ०९:००

रौतहट:रौतहटको पस्चिमिभेग फतुवा बिजयपुर नगरपालिका अन्तर्गत एकजना पुर्वसईको दुईबिगहा क्षेत्रफल जगामा फलेको धानको भारिमा आगजनी भएको छ।
अवकाश प्राप्त सई रामानन्द यादवको खेतको 
धान काटेर दांईगर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा गएराती १२ बजे अज्ञात समहले आगजनी गरेको हो ।
आगजनी बाट धानको भारी पुर्णरुपमा जलेर १ लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताएका छन । धांई गरेर घरमा भित्रयाउने बेलामा धानको भारिमा कसैले राजनीतिक पुर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पुर्व  सई यादवको अनुमान रहेको छ।
दोषीलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ। घटनाको पुष्टि गर्दै आवश्यक अनुसंधान भैरहेको  ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*