एक खेल बाँकी रहँदै पोर्चुगल र ब्राजिल विश्वकप फुटबलको अन्तिम १६ मा

कोल्हवी न्यूज
२०७९ मंसिर १३, मंगलवार ०८:०९ गते

कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा ब्राजिल र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका छन्। सोमबार राति भएका दुवै खेलमा विजयी भएका दुवै टिम अन्तिम १६ मा प्रवेश गरेका हुन्।

सोमबार राति ९स्४५ मा स्विट्जरल्यान्डसँग ब्राजिल १–०ले विजयी भएको थियो। खेलको ८३ औं मिनेटमा ब्राजिलका लागि क्यासेमिरोले गरेको खोल जितका लागि निर्णायक भएको थियो। स्विटजरल्यान्डले केही मौका पाए पनि गोल फर्काउन भने सकेन।

यससँगै एक खेल बाँकी रहँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो। समूह ‘जी’मा ब्राजिल ६ अंकसहित शीर्षस्थानमा छ। यो समूहमा स्विट्जरल्यान्डको २ खेलमा ३ अंक तथा क्यामरुन र सर्बियाको समान १र१ अंक रहेको छ।

हिजो भएको खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेलेका छन् । यता फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ। ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गोलले पराजित गरेको थियो।

यस्तै पोर्चुगल पनि एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको छ। मध्यराति १२स्४५ मा भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान बनाएको हो।

पोर्चुगलका ब्रुनो फर्नान्डेजले खेलको ५४ औं मिनेट र अन्तिम इन्जुरी समयमा गरी दुई गोल गरे। यता समूह ‘एच’ मा सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई हरायो। पोर्चुगल समूहको शीर्षस्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*