सर्लाहीको बाँके जङ्गलमा मोटरसाइकल एकापसमा जुध्दा प्रहरी हवल्दारसहित दुई जनाको मृत्यु, दुई घाइते
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स९प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएका थिए। दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। उनीहरू ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ।
यस्तै सिरहाको कर्जनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएका छन्। घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ।


पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा दुई जना घाइते भएका छन्।







