रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गयो

कोल्हवी न्यूज
२०७९ मंसिर ८, बिहीबार ०७:४२

रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ । गएराति आगलागी हुँदा रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको ज्यान गएको हो ।

प्रहरीका अनुसार गौर नगरपालिका-१ मा रहेको इस्लाम कपडा तथा सिरक डस्ना पसलमा आगलागी भएको हो । घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

घटनाको थप जानकारी आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*