मलेसियामा आम निर्वाचन सम्पन्न, नयाँ सरकार गठन र प्रधानमन्त्री बन्न विभिन्न दलबीच रसाकस्सी

आरएन चौधरी थारु ,मलेसिया
२०७९ मंसिर ५, सोमबार १३:१३ गते

क्वालालम्पुर:मलेसियामा नोभेम्बर १९ तारिख शनिबार सम्पन्न भएको आमनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। मलेसियाको निर्वाचनपछि विभिन्न पार्टीहरुले पाएको मतअनुसार त्रिशंकु संसद खडा भएको छ।
चुनावमा विपक्षी नेता दातोक श्री अनवर इब्राहिम नेतृत्वको पाकातान हारापानले सबैभन्दा बढी ८२ सिटमा जित हासिल गरेका छन्। त्यस्तै दोस्रोमा तान श्री मुह्मिदिन यासिन नेतृत्वको पार्टी पेरिकातान नेशनलले ७३ सिटमा जित हासिल गरेका छ्न।
त्यस्तै लगातार कैयौं बर्षदेखि मलेसियाको सरकार चलाइरहेका सत्तारुढ गठबन्धनको पार्टी बारिसान नेशनल पार्टीले जम्मा ३० सिटमा जित हासिल गरेका छ्न। त्यस्तै जिपिएस नामक पार्टीले २२ सिट , जिआरएसले ६ सिट र अन्य दललेगरि ७ सिटमा जित हासिल गरेका छ्न।
अनवर इब्राहिम नेतृत्वको पाकातान हारापान गठबन्धनले अन्य दल भन्दा बढी सिटमा जित हासिल गरेपनि सरकार गठनका लागि आवश्यक पर्ने ११२ जना बहुमत संसद ल्याउन सकेन। जसले नयाँ सरकार गठन र प्रधानमन्त्री चयनमा एकदमै सकस हुने देखिएको छ। मलेसियामा पुर्ण संसद २२० जनाको छ्न । नयाँ सरकार गठनका लागि दलले कम्तिमा पनि ११२ सिटमा जित्नुपर्ने हुन्छ।
त्यस्तै मलेसियाका दिग्गज राजनीतिज्ञ राजनेताको रुपमा ५० बर्षसम्म उदाएका ९७ बर्षिय महाथिर मोहम्मदले र उनको नेतृत्वको नयाँ पार्टीले यसपटकको चुनावमा नराम्रो पराजय भोगेका छ्न। उनको पार्टीको जमानतनै जफत भएको छ। महाथिरले ५३ वर्षपछि अहिले बल्ल पहिलो हार बेहोरेका हुन्।
मलेसियाको राजा सुल्तान अब्दुल्लाह (Al-Sultan Abdullah Ri’ayatuddin Al-Mustafa Billah Shah) ले चुनावमा भाग लिएर साँसदमा जितेका दलहरुलाई आगामी सरकार गठ्नको लागि आ-आफ्नो दलको तर्फबाट साँसदको नमावलीसहित प्रधानमन्त्रीको नाम पेश गर्नलाई नोभेम्बर २२ तारिख दिउँसो ०२:०० बजेसम्मको समय दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*