बंगाली अभिनेत्री एन्ड्रिला शर्माको हृदयघातका कारण मृत्यु

कोल्हवी न्यूज
२०७९ मंसिर ४, आईतवार १८:१४ गते

बंगला टिभी शो तथा सिरियलकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको निधन भएको छ ।

२४ वर्षीया एन्ड्रिलालाई शनिबार राति हृदयघात भएको थियो । त्यसपछि उनलाई सीपीआर दिइएको थियो ।

सीपीआर दिएपछि उनको स्वास्थ्यमा केही सुधार भएपनि १२ बजेर ५९ मिनेटमा उनले अन्तिम सास फेरेकी थिइन् । उनलाई हावडाको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो।

एन्ड्रिला क्यान्सर सर्भाइभर थिइन् । उनले टिभी शो ‘झुमुर’ पछि धेरै लोकप्रिय सिरियलमा काम गरे । जसमा ‘जीवन ज्योति’ जस्ता चर्चित सिरियलहरु पर्छन् । उनले ‘भगर’ वेब सिरिजमा पनि काम गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*