फर्जी मतमा दुई महिला पक्राउ
कोल्हवी:बाराको कोल्हवी नगरपालिका वडा न.१ मा रहेको खैरा मतदान केन्द्रमा दुई महिलाले अरुको नाममा मत खसाल्ने प्रयास गरे पछि त्यहाको अवस्था असमान्य बनेको थियो ।
मतदान केन्द्रमा खैरा वडा न.१ कै निर्मला खनाल र अर्का सरिता खनालले मतदान गर्ने प्रयास गरेपछि स्थानीयले बाहिरबाट हुल्दङ्गा गरेका थिए । लगत्तै ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक सन्तोष कुमार दाहालको भनाई अनुसार अनुसन्धानका लागि अहिले निजहरुलाई ईलाका प्रहरी कार्यालय कोल्हवीको नियन्त्रणमा राखिएको छ ।
यता निर्वाचन कार्यालय क्षेत्र न.१ का निर्वाचन अधिकृत के.सीले त्यस्तो भएमा कानुन बमोजिम कारवाही गरिने कोल्हवी न्युजलाई जानकारी गराउनु भएको छ । केही समय स्थगित रहेको मतदान पुनः सुचारु भएको छ ।