सडक दुर्घटनामा रुपन्देहीका पत्रकार कंडेलको निधन

कोल्हवी न्यूज
२०७९ मंसिर ३, शनिबार ०७:१०

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

शुक्रवार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु४४प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु१क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिँदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया निवासी ३५ वर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिए ।

रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

विगत ढेड दशकदेखि पत्रकारितामा आवद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रूपमा आवद्ध थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*