बिजुली नहुँदा एक करोड बढी युक्रेनी नागरिक प्रभावित

कोल्हवी न्यूज
२०७९ मंसिर ३, शनिबार ०६:५६ गते

तस्बिर :बीबीसीको भिडियो क्लिपबाट

रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी बिजुली बिहीन भएका र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन्।

‘हाल, एक करोड भन्दा बढी युक्रेनीहरू बिजुलीबिहीन छन्’ उनले भने।

ओडेसा, भिनिट्सिया, सुमी र राजधानी किभका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका उनले बताए। ‘हामी आपूर्ति सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’, जेलेन्स्कीले थपे।

युक्रेनले रसियाविरुद्ध युद्ध मैदानमा जित हासिल गरेपछि आफ्नो पावर ग्रिडमा समस्या भोगेको छ। केही दिन अघि रुसी सेना मस्कोको दक्षिणी सहर खेरसनबाट पछि हटेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*