नेपाली दर्शकले पाँच सय अतिरिक्त शुल्क तिरेर मात्र विश्वकप फुटबल हेर्न पाउने
नेपाली दर्शकहरूले अब अतिरिक्त शुल्क तिरेर टेलिभजनमा प्रत्यक्ष रूपमा विश्वकप फुटबल हेर्न पाउने भएका छन्।
खेल हेरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्थाविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशका कारण नेपालमा विश्वकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण अनिश्चित भएको थियो।
तर बुधवार सर्वोच्च अदालतले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेसँगै अब विश्वकप फुटबलका खेलहरू हेर्न नेपाली दर्शकहरूले सेवा प्रदायकलाई अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ।
अदालतको निर्णयपछि नेपालका लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको अनुमति लिएको निजी कम्पनी मिडिया हबले “प्रसारण सुनिश्चित” बनेको प्रतिक्रिया दिएको छ।बिबिसी










