चरम ऊर्जा सङ्कटका कारण किभ छोड्नुपर्ने अवस्था आउन सक्छ : मेयर भिटाली क्लिट्स्को

कोल्हवी न्यूज
२०७९ कार्तिक २१, सोमबार १०:१४ गते

युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्स्कोले चरम ऊर्जा सङ्कट भएका कारण सहर छोड्नुपर्ने अवस्थाको लागि तयार रहन त्यहाँका बासिन्दालाई आग्रह गर्नुभएको छ । रुसी आक्रमणका कारण किभमा चरम ऊर्जा सङ्कट भएको भन्दै उहाँले सहरबाट बाहिरिनु पर्ने अवस्था आउन सक्ने र त्यसका लागि तयार रहन भन्नुभएको हो ।

लाखौँ युक्रेनी नागरिक बिजुली र खानेपानीबाट वञ्चित भएका कारण आउँदाे दिनमा थप समस्या हुनसक्ने भन्दै सहर छोड्ने मनस्थितिमा रहन उहाँको अपिल आएको हो ।

युक्रेनी टेलिभिजनमार्फत सम्बोधन गर्दै मेयर भिटालीले युक्रेनको ऊर्जा प्रणालीको लगभग ४० प्रतिशत बिजुली प्लान्टहरु ध्वस्त भइसकेका कारण युक्रेनका अन्य सहरहरुमा पनि पूर्णरुपमा बिजुली आपूर्ति ठप्प हुने सङ्केत देखिएको बताएका बीबीसीले जनाएको छ ।

उहाँले युक्रेनको पूर्वाधारमा गरिएको रुसी आक्रमणलाई आतङ्कवाद र नरसंहारको संज्ञा दिँदै रुसको डटेर सामना गर्ने चेतावनी समेत दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*