तामागढी- सिम्रौनगढ सडकमा गम्भीर घाईतेको मृत्यु

कोल्हवी न्युज ब्यूरो
२०७९ कार्तिक १९, शनिबार १५:४८

कोल्हवी: तामागढी- सिम्रौनगढ सडक खण्ड अन्तर्गत तामागढी गेट भित्रको जङ्गलमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाइतेको कलैया अस्पतालमा मृत घोसणा भएको छ।
हाम्रा सहकर्मी जियालाल चौधरीका अनुसार निज रौतहटको बौधिमाइ नगरपालिका वडा न. ५ निवासी अन्दाजी ३० वर्षिय अजय कुमार यादब रहेको र निजको सर्जिमिन मुचुल्का सहित कलैया अस्पतालले जिल्ला प्रहरी कार्यालय बारा लाई पठाएको जानकारी दिनुभएको छ। उता केही घाईते भएका बारागढी-५ सिहासनिका सन्जय चौधरीको निजगढ सीटी अस्पतालमा उपचार भैरहेको जनाउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*