तामागढी- सिम्रौनगढ सडक खण्डमा गम्भीर दुर्घटनामा

कोल्हवी न्युज
२०७९ कार्तिक १९, शनिबार १२:४६

कोल्हवी:तामागढी- सिम्रौनगढ सडक खण्डमा गम्भीर दुर्घटनामा भएको छ। आज बिहान करीब ११:१५ बजे तामागढि-सिमरौनगढ सडक खण्डको तामागढिबाट कोल्हवि जाने बाटोको करीब १.५ किलोमीटर भित्रको पहिलो मोडमा दुईवटा मोटरसाइकल प्रदेश २-०३-००७-प. २३४९ नम्बरको Honda Shine मोटरसाइकल र म.प्र.०३-०२३प.३३३४ नम्बरको Apache मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परी नाम नखुलेको Honda Shine चलाउने निलो पाईन्ट, कालो ज्याकेट र जुत्ता मोजा लगाएको ब्याक्तीलाई गम्भीर घाइते भइ कलैया अस्पताल पुर्याइएको र अरु घाईतेको कोल्हवीमा रहेको जननायक अस्पतालमा र निजगढ सिटी अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय कोल्हविले जनाएको छ।गम्भीर घाइते भएका ब्यक्तिको पहिचान अझै खुल्न नसकेको ईलाका प्रमुख दाहालले कोल्हवी न्युजलाई जानकारी गराउनु भएको छ। उक्त दुर्घटनामा बारागढी ५ सिहासनिका का सन्जय चौधरीको सिटि अस्पताल निजगढमा उपचार भैरहेको ईलाका कोल्हविले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*