शाहरुखको नयाँ फिल्म ‘पठान’ विवादमा, हलिउडको कपी गरेको आरोप
बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो छठ औं जन्मदिनमा आफ्नो आगामी फिल्म (पठान_ को टिजर सार्वजनिक गरे ।
शाहरुखको यो चलचित्र बहुप्रतीक्षित मध्ये नै पर्छ ।
एक भारतीय जासूसको कथा यस फिल्ममा छ ।
लामो समयपछि शाहरुखले नयाँ फिल्म ल्याएका हुन् ।
यसअघि उनी २०१८ मा आएको फिल्म ‘जिरो’ मा देखिएका थिए जसले बक्स अफिसमा दमदार प्रदर्शन गरेन ।
लामो समयपछि शाहरुखलाई चलचित्रमा देख्न पाउँदा फ्यानहरू उत्साहित छन् ।
यद्यपी टिजरमाथि चोरीको आरोप लगाइएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिजरलाई (क्याप्टेन अमेरिका), (डाई अनदर डे) र (बिस्ट एन्ड भिवेगम) हेरेको जस्तो लागेको टिप्पणी गरे ।
यी फिल्महरूबाट दृश्यहरू कपी गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दाबी छ ।
कसैले भने पठानमा प्रयोग गरिएको भीएफएक्सलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
यशराज फिल्म्सद्वारा निर्मित (पठान) जनवरी २५, २०२३ मा हलमा रिलिज हुँदैछ।