अमेरिकी तेल कम्पनीहरुको नाफामा रेकर्ड, कर बढाउने राष्ट्रपति बाइडेनको चेतावनी

बाइडेनले भनेका छन्, “छ वटा ठूला तेल कम्पनीहरूले पछिल्ला ६ महिनामा १ सय अर्ब डलरभन्दा बढी कमाएका छन्। यदि यी तेल कम्पनीहरूले कच्चा तेल प्रशोधन गरेर औसत नाफा कमाएको भए आज तेलको मूल्य ५० सेन्टले घटेको हुन्थ्यो।”
कोल्हवी न्यूज
२०७९ कार्तिक १६, बुधबार ०८:४१ गते

अमेरिकामा पेट्रोलियम पदार्थको कारोबार गर्ने कम्पनीको नाफा अहिलेसम्मकै उच्च भएको छ । रुसले तेल निर्यातमा कडाई गरेपछि त्यसको फाइदा लिँदै अमेरिकी कम्पनीले अहिलेसम्मकै उच्च नाफा गरेका बीबीसीले जनाएको छ ।

तेल अभावको डरकाबीच मूल्य बढाउँदा कम्पनीहरुको नाफाले शिखर चुमेको खबरमा उल्लेख छ । आइतबार अमेरिकाका ठूला तेल कम्पनी एक्सोन मोबिल र शेभरनले रेकर्ड नाफाको जानकारी दिएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले धेरै नाफा कमाउने तेल कम्पनीहरूले जनताको दैनिक खर्च घटाउन लगानी नगरे उनीहरूमाथि भारी कर लगाउने बताएका छन् । एक ट्वीटमा राष्ट्रपति बाइडेनले तेल कम्पनीहरूलाई मूल्य घटाउन वा अमेरिकामा ग्राहकहरूको लागि उत्पादन र रिफाइनरी क्षमता बढाउन वा उच्च नाफाको लागि उच्च कर तिर्ने र अन्य प्रतिबन्धहरूको सामना गर्न चेतावनी दिएका छन्।

बाइडेनले भनेका छन्, “छ वटा ठूला तेल कम्पनीहरूले पछिल्ला ६ महिनामा १ सय अर्ब डलरभन्दा बढी कमाएका छन्।  यदि यी तेल कम्पनीहरूले कच्चा तेल प्रशोधन गरेर औसत नाफा कमाएको भए आज तेलको मूल्य ५० सेन्टले घटेको हुन्थ्यो।”

समाचार संस्था एएफपीका अनुसार राष्ट्रपतिले संसदमा तेल कम्पनीहरूमा कर र अन्य प्रतिबन्ध लगाउन आग्रह गर्ने योजना बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*