न्यान्सी पेलोसीका श्रीमानमाथि साङ्घातिक हमला

कोल्हवी न्यूज
२०७९ कार्तिक १२, शनिबार ०८:१३ गते

अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि साङ्घातिक हमला भएको छ । क्यालिफोर्नियामा पेलोसीको घरमा पसेर एक आक्रमणकारीले उनका पति पल पेलोसीलाई कुटपिट गरेका हुन् ।

पेलोसीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पल पेलोसीमाथि शुक्रबार आक्रमण भएको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ ।

आक्रमणको कारण के थियो भन्ने अनुसन्धान भइरहेको छ । पल पेलोसीलाई अस्पतालमा भर्ना गरिएको छ। उनी छिट्टै निको हुने अपेक्षा गरिएको छ ।’ आक्रमणको समयमा न्यान्सी पेलोसी भने सान फ्रान्सिस्कोमा थिइनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*