सिहोर्वा प्रहरी प्रमुख अबैध धन्दा असुलीमा ब्यस्त: जनताको सुरक्षा किन सुस्त

कोल्हवी न्युज ब्यूरो
२०७९ कार्तिक ८, मंगलवार १३:०७

कोल्हवी: बारा जिल्लाको कोल्हवी नगरपालिका वडा न.८ मा पर्ने सिहोर्वा प्रहरी कार्यालय प्रमुख उमेश राउत पछिल्लो समय अबैध कारोबारको रकम असुलिमा ब्यस्त रहेको स्थानियको आरोप रहेको छ।
कोल्हबी न.पा.8 कुस्बार टोलमा अन्दाजी रात्री 12 बजेको समयमा सोही वडाको जङ्गल टोल बाट आएको टोलिले देउसी भैलो खेलिरहेको समयमा स्थानिय गाउँ बासिहरुलाइ अश्लील गाली गलौज हात पात गरि ६ जना ब्यक्तिलाइ घाइते बनाएको छ भने एक जना बिरगंज रिफर गरिएको छ।
जनताको शान्ती सुरक्षामा खटिने प्रहरीले समेत ज्यान मार्ने धम्कि समेत दिने र सोही घटना को दोषीहरु मध्ये धन बहादुर मोक्तान, स्वपन थपलिया,कान्छा भन्नेलाई त्यहाँका स्थानीयहरुले समातेर प्रहरिलाइ जिम्मा लगाउदा समेत सिहोर्वा प्रहरी प्रमुखले जिम्मा लागाइएका दोषीहरुलाई कारबाही गर्नुको सट्टा उल्टै पिडितहरुलाई त्रसित बनाएको त्यहाँका स्थानियले समेत आरोप लगाएका छन।
अझ नाम नखुलाउने सर्तमा त्यहाँका एक स्थानियको गुनासो के छ भने उक्त ईलाकाका प्रमुख अहिले चुनाबी माहोल अनि बिबिध परिस्थितिको फाइदा उठाउदै अबैध घरेलु मदिराको हप्ता असुलिमा ब्यस्त रहि जनताको शान्ति सुरक्षामा खेलवाड गरिरहेको समेत गम्भीर आरोप लगाएका छन।
३ दिन आगाडि मात्र हो जुन मदिरा भट्टी हरु बाट महिना लिने गर्दथे त्यही भट्टिको अबैध मदिरा समात्दा विवाद पनि भएको थियो र पछि फेरि पैसा लिएर छोडेको प्रत्यक्षदर्शीको भनाई रहेको छ। उक्त घटना भने कोल्हबी न.पा.५ ककडी चौरमा भएको थियो। बारा जिलाको कोल्हवी न.पा.८ म रहेको उक्त इल्लका प्रहरी कार्यालय जनताको शान्ति सुरक्षाका लागि स्थापना गरिएको भएपनी उनिहरु फगत अबैध धन्दा असुली तस्कर सङको साठ-गाठ ले माथिल्लो निकाए सम्म त कुनै मिलेमतो छैन भन्ने त्यहाका आम जनमानसमा आशन्का उत्पन्न भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*