‘के घर के डेरा’को व्यापार : शुक्रवार औसत, शनिवार उच्च

कोल्हवी न्यूज
२०७९ कार्तिक ६, आईतवार ०८:१८ गते

हिन्दूहरुको महान् पर्व तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के। खनाल निर्देशित मल्टीस्टारर फिल्म ‘के घर के डेरा’ले बक्सअफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । पहिलो दिन औसत रहेको फिल्मको व्यापार शनिवार उच्च रह्यो । शनिवार विहानदेखि साँझसम्म राजधानी र मोफसलका प्रायः हलमा फिल्म हेर्ने दर्शकको उपस्थिति उल्लेख्य देखिएको थियो ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्समा फिल्मले प्राप्त गरेका शोमा शनिवार दर्शक अभाव भएनन् । राजधानीका अन्य ठूला मल्टीप्लेक्सहरु बिग मुभिज, क्यूज सिनेमाज्, वान सिनेमाज्, एफक्यूब, विएसआर, आइएनआइ, रञ्जना सिनेप्लेक्स लगायतमा पनि फिल्म विहानैदेखि हाउसफुल रहेका थिए । त्यस्तै, देशभका सिंगल स्क्रिनमा पनि फिल्मको अकुपेन्सी राम्रो रह्यो ।

निर्देशक दीपेन्द्र के खनालले फिल्म हेरेर दर्शक रमाइरहेको बताए । ‘वर्ड अफ माउथ’ बलियो मिलेका कारण सोमवारबाट एक हप्ता लामो तिहार र छठको विदा परेकाले त्यसबेला फिल्मको व्यापार थप बढ्ने उनको विश्वास छ । शुक्रवार र शनिवारको व्यापार डेढ करोड नाघ्ने अनुमान निर्माण टिमको छ । शुक्रवारभन्दा शनिवार फिल्मको व्यापार दोब्बर बढी रहेको वितरकको दाबी छ ।
काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथालाई उठान गरिएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ । फिल्मको पटकथारसंवाद महेश दवाडीले लेखेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*