नेपालका के.सी. गिनिज वल्ड रेकर्डसबाट सम्मानित

कोल्हवी न्युज
२०७९ कार्तिक ५, शनिबार १३:५० गते

कोल्हवी:नेपालका रमेश कुमार के.सी. गिनिज वल्र्ड रेकर्डसबाट सम्मनित हुनुभएको छ । सर्लाही जिल्लाका ईश्वरपुर नगरपालिका स्थायी घर भएका के.सी.ले क्यालिफोर्निया फिटनेस र योगले आयोजना गरेको सवैभन्दा धेरै मानिस सहभागी भएको लार्जेस्ट वेट लस प्रोग्राममा सहभागी भए बापत छनौट भइ अनलाईन गिनिज वल्र्ड रेकर्डसले सम्मान गरेको हो।
के.सी.ले बिगतमा योगा कार्यक्रममा लगातार १८ घण्टा सम्भाषण गरेबापत कीर्तिमान कायम समेत गर्नुभएको थियो।४० बर्षिय के.सी.ले भियतनामको क्यालिफोर्निया फिटनेस एण्ड योगामा बिगत ५ बर्षदेखि योगा प्रशिक्षकको रुपमा कार्य गर्दै आउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*