हात्तीको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जका एक कर्मचारीकाे मृत्यु

कोल्हवी न्यूज
२०७९ कार्तिक ५, शनिबार ०७:३४

हात्तीको आक्रमण बाट पर्सा राष्ट्रिय निकुञ्जका एक कर्मचारीको शुक्रबार साझ मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पर्साको ठाेरी गाउँपालिका वडा नंं. ५ सुवर्णपुर स्थित पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत रामभोरी भाठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा फणित पदमा कार्यरत जितपुरसिमरा उपमहानगरपालिका वडा नंं. ५ डुमरवाना बस्ने बर्ष ३१ का रमेश महराको मृत्यु भएको पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

निकुञ्जको कामिनी कली नाम गरेको हात्ती चराई हत्तीसारमा बाँध्ने क्रममा हात्तीले आक्रमण गरेको र उनी घाइते भएपछि उपचारका लागि वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको गिरिले बताए।देशाञ्चरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*