कोल्हवीमा तिहारको रौनक शुरु प्रतिबन्धित फुलमालाको व्यापक बिक्रि : प्रशासन मौन

कोल्हवी न्युज ब्यूरो
२०७९ कार्तिक ४, शुक्रबार ११:५२

कोल्हवी:बारा जिल्लाको कोल्हवी नगरपालिका बजार भित्र तिहार को रौनक संगै नेपाल सरकारले प्रतिबन्ध गरेको प्लास्टिक जन्य फुलमाला सजिसजाउ गरि बेच्न राखिएको छ।
तिहार र छठ पर्वहरूमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको विक्री वितरण गरेको पाइएमा कारबाही हुने सरकारले बताएको छ।
आउँदै गरेको तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।
गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेकाले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको वातावरण विभागले जनाएको छ ।
विभागको अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट१ लाखसम्म जरिवाना हुने जारी गरेको सूचनामा उल्लेख छ!यता कोल्हवी न्युज ले ईलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुख नवीन चौधरी सङ यस विषयमा जानकारी लिदा आफुलाई केही थाहा नभएको माथी बाट यस सम्बन्धी पत्र पनि नाअएको र स्थानिय निकायको सरोकारको विषय भएको बताएका छन!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*