भीरबाट धकेलेर भाइको हत्या
वृद्धभत्ता बुझेर घरतर्फ जाँदै गर्दा बाटोमा आर्थिक लेनदेनको विषयमा झगडा भएपछि दाजुले भाइको हत्या गरेका छन् ।
भूमिकास्थान नगरपालिका–१ ढाकावाङ ७२ वर्षीय भाइ वीरबहादुर गमाललाई उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले बुधबार भीरबाट धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ । सुरुमा लडेर मृत्यु भएको भनिए पनि प्रहरीले अनुसन्धान गर्दा धकेलेर हत्या गरेको पुष्टि भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क आइपुग्दा बेलुकी करिब ७ बजेको समयमा सामान्य घरायसी आर्थिक लेनदेमा झगडा हुँदा खलाधारा भीरबाट वीरहादुरलाई धकेलिदिएपछि घटनास्थलमै मृत्यु भएको थियो । दाजुभाइबीच भगडा भएर धकेलाधकेल थियो ।
घटनास्थल पुगेको प्रहरीले अनुसन्धान गर्दा धकेलेरै दाजुले भाइको हत्या गरेको पत्ता लागेको पौडेलले बताए । सुरुमा भीरबाट लडेर मृत्यु भएको भन्ने खबर आए पनि घटनास्थलमै पुगेर अनुसन्धान गर्दा थोरै पैसामा दाजुभाइबीच झगडा भएको र दाजुले भाइलाई भीरबाट धकेलेर हत्या गरेको पुष्टि भएको उनले बताए । भाइलाई भीरबाट धकेलेर हत्या गरेको आरोपमा प्रहरीले हिमबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको छ । उनलाई अर्घाखाँची अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
इकान्तीपुरबाट