माइक्रोसफ्टले कटौती गर्‍यो एक हजार कर्मचारी

कोल्हवी न्यूज
२०७९ कार्तिक २, बुधबार १४:४६ गते

विश्वभर आर्थिक मन्दी देखिँदै गर्दा यतिबेला थुप्रै प्राविधिक कम्पनीहरूले कर्मचारी कटौती गर्दैछ। यस्तैमा माइक्रोसफ्ट कम्पनी छोटो समयमा सबैभन्दा धेरै कर्मचारी कटौती गर्ने टेक कम्पनी बनेको छ।

माइक्रोसफ्टले विभिन्न क्षेत्रहरूरूमा करिब एक हजार कर्मचारी कटौतीको गरेको सूचना प्रविधि वेबसाइट एक्सियोसले पुष्टि गरेको हो। यद्यपि कम्पनीले कति संख्यामा कर्मचारी कटौती गरेको भन्ने खुलासा गरेको छैन।

कटौती भएका कतिपय कर्मचारीहरूले ट्विटर र ब्लाइन्ड जस्ता सामाजिक सञ्जालमार्फत आफूहरूलाई हटाइएको बताएका छन्। माइक्रोसफ्टभन्दा अघि स्न्याप, फ्लिपबोर्ड जस्ता प्रविधि कम्पनीहरूले पनि कर्मचारी कटौती गरेका थिए।

ुअन्य कम्पनीहरू जस्तै हामी हाम्रो व्यापार प्राथमिकताहरूलाई दैनिक नियाल्दैछौं। त्यसबार‍े अध्ययन गर्छौं र सोहीअनुसार निर्णयहरू लिन्छौं‌, माइक्रोसफ्टका एक अधिकारीले एक्सियोसलाई भनेका छन्, हामी हाम्रो व्यवसायमा निरन्तर लगानी गर्नेछौं। आगामी वर्षहरूमा आवश्यकताअनुसार प्रमुख विकास क्षेत्रहरूमा कर्मचारीहरू राख्नेछौं।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*