चार वर्षकाे प्रेम सम्बन्ध टुङ्गिएपछि, फेरि ‘सिंगल’ बनिन् नम्रता
सुन्दरता र कलाले सधै चर्चामा आउने अभिनेत्री नम्रता श्रेष्ठ बेला(बेलामा आफ्नो व्यक्तिगल जीवनका कुराले पनि खुबै चर्चामा आउने गर्दछिन् ।
उसो त कलाकारको जीवन आम मानिसको जति सहज पनि छैन् । जीवनमा घट्ने स(साना घटना पनि पव्लिक समक्ष पुग्छन् र अनेकन टिकाटिप्पणी हुन थाल्दछन् ।
यतिबेला सामाजिक सञ्जालमा उसैगरी छाएकी छन् अभिनेत्री श्रेष्ठ । यसपटक उनी छाउनुको कारण हो उनको चार वर्ष लामो प्रेम सम्बन्धमा लागेको पूर्णविराम । उनको पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुङ्गिएको छ ।
नम्रताकोतर्फबाट कुनै तथ्य नखुलेपनि दावाले भने नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन् ।
हालसम्म दावासँगै सम्बन्धमा छन् भन्ने मानेक उनका शुभ चिन्तक यतिबेला अचम्मित छन् । यसअघि पनि ब्रेकअपका किस्सा आइरहने अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् ।
तर, उनीहरूको सम्बन्धमा कहिलेदेखि चिसोपन आयो भन्नेबारे कुनै तथ्य बाहिरिएको छैन । यता नम्रता भने केही साताअघि बक्सिङ अभ्यास गर्दा हातको औँला भाँच्चिएर आराम गरिरहेकी छन् ।










