सिम्रौनगढबाट नक्कली नोट सहित ३ जना पक्राउ

कोल्हवी न्युज ब्यूरो
२०७९ आश्विन २४, सोमबार १६:३९

कोल्हवी:बारामा नक्कली नोट सहित ३ जना पक्राउ परेका लाई बारा प्रहरी ले असोज २१ गते ऊनीहरुलाई सिम्रौनगढबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलन मा बोल्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले सिम्रौनगढ नगरपालिका वडा न. ५ कनकपुर टोल स्थित सडक बाट पक्राउ गरिएको बताए ।
प्रहरीले भारतिय प्रस्ट नम्बर नबुझिने मोटरसाईकलमा आएका भारत बिहार राज्य जिल्ला मोतिहारी पुर्वी चम्पारण ग्राम पोष्ट पिप्राकोट्टी बस्ने वर्ष २५ को रंजित कुमार मुखियालाई शंका लागि चेक जाँच गर्दा आफ्नो कम्मर पेटीको भागमा नेपाली नक्कली नोट १ हजार दरको १ लाख र उनले चलाएको मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखिएको १ हजार दरको ८ लाख गरि कुल ९ लाख नक्कली नोट बरामद गरेको हो ।
प्रहरी ले उनलाई पक्राउ गरे पश्चात् अनुसन्धान गर्दा थप दुई जना लाई असोज २३ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा
कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ३४ को सैनुल्लाह अंसारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ३६ को बिनाका मुखिया बिन रहेको प्रहरी उपरीक्षक बोगटी ले बताए ऊनीहरु लाई पक्राउ गरि थप अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*