बाढीपीडितकाे उद्दार गरी फर्किने क्रममा दुर्घटना हुँदा दुई सशस्त्र जवानकाे मृत्यु
दाङमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
लमहीबाट भालुबाङ्ग जादै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल गएराति राप्ती गाउँपालिका( ३ मसुरियामा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए ।
दुर्घटनामा परेका राप्ती गाउँपालिका-६ लठ्ठहवा निवासी ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षकै लाहनु चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
सुलेसको नेपालगञ्जमा र लहानुको लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै जना सशस्त्र प्रहरी जवान रहेको खुलेको छ ।
बाढीपीडितको उद्दारमा खटिएका उनीहरू कार्यालय फर्किने क्रममा दुर्घटनामा परेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङ्गका एसपी विनोद केसीले जानकारी दिए ।देशञ्चारबाट