रुसद्वारा युक्रेनको जापोरिजियामा मिसाइल प्रहार

रुसले युक्रेनको जापोरिजिया क्षेत्रमा मिसाइल प्रहार गरेको छ। रुसले जापोरिजियामा रहेको भवन र पूर्वाधारमा मिसाइल आक्रमण गरेको हो।
घटनास्थलमा तीनवटा शव फेला पारेका छन्। मिसाइल प्रहारबाट कम्तीमा ४० अपार्टमेन्ट र ११ वटा निजी घरमा क्षति पुगेको जापोरिजिया नगर परिषद्ले जनाएको छ।
घटनापश्चात् उद्धारकर्मीले भग्नावशेषमा फसेकाहरूको खोजी कार्य जारी राखेको बीबीसीले जनाएको छ।
मानिसको खोजीका लागि स्निफर कुकुर पनि तैनाथ गरिएको छ। जापोरिजियामा एस–३०० एयर डिफेन्स सिस्टमबाट थप विकसित मिसाइलले आक्रमण गरिएको अधिकारीहरूले बताएका छन्।