बाराको ३न. पुल नजिकै यात्रुबाहक बस दुर्घटना
कोल्हवी:बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १४ जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।घाइतेहरुको उद्धारको कार्य जारी छ, उनिहरुलाई सिमरा स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको उनले बताए ।दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ।