होशियार बिदाको दिन प्राथमिक स्वास्थ्य केन्द्र नजानुहोस
कोल्हवी: साबधान तपाइलाई ईमर्जेन्सी परि हाले कोल्हवीको प्राथमिक स्वास्थ्य केन्द्र नजानुहोस यदि बिदाको दिन परेको छ भने। यस्तै घटना आज करिब १२ बजे कोल्हवी -४, सपहिका बिजय चौधरीलाई बाख्राको घाँस ल्याउने क्रममा भिमसखुवा बिच जङ्गलमा सर्पले टोक्यो उनी सर्प दन्स उपचार केन्द्र ,कोल्हवीमा आईपुगे तर आज बिदाको दिन भन्दै उक्त प्राथमिक केन्द्रले निजगढ रिफर गर्यो। सोही अवस्थामा अकस्मात कोल्हवी नगरपालिकाका पुर्व मेयर भरत बहादुर भण्डारीको गाडिमा तुरुन्त राखेर निजगढ लगियो!यसरी भबितब्य अवस्थामा यस भेगमानै सर्पको गर्मी याममा उच्च जोखिम रहेको भन्दै भण्डारीको पालामा डा.सुनिल बोगटिलाई उक्त उपचार केन्द्रमै २४ सै घन्टा ब्यब्स्था गरेको पुर्व मेयर भण्डारी स्विकार्नु हुन्छ। यस बिसयमा इन्चार्ज नन्देस्वर चौधरी सङ कोल्हबी न्युजले थप जिज्ञासा राख्दा औषधि भएको तर बिदामा दुबै डा.लोकेश्वर चौरसिया र अर्का डा.सुरेन्द्र यादव बिधामा रहेकोले उपचार गर्न नसकिएको जवाफ फर्काए।यसरी स्वास्थ्य जस्तो गम्भीर विषयमा किन एस्तो भनी हामिले मेयर राम प्रसाद चौधरी सङ बुज्दा डा. भएको तर आज बिदाले छुट्टीमा बसेको जवाफ फर्काउनु भयो।उहाँ अझ यश स्वास्थ्य केन्द्र लाई अझै ब्यबस्थित गर्न बाकी रहेको आफै स्विकार्नु हुन्छ।उता हाल सर्पको टोकाई बाट घाइतेको निजगढमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताईएको छ।