शीर्ष स्थानमा उक्लियो बार्सिलोना

कोल्हवी न्यूज
२०७९ आश्विन २, आईतवार ०८:४५ गते

रोबर्ट लेवान्डोस्कीले २ गोल गरेपछि स्पेनिस ला-लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-० ले पराजित गर्दा लेवान्डोस्कीले सानदार प्रदर्शन गरेका थिए।

१४ औँ मिनेटमा नै गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो। ३४ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए।

पहिलो हाफमा नै अग्रता दोब्बर बनाउने क्रममा ४१ औँ मिनेटमा मेम्फिस डिपेले गोल गरेका थिए।

दोस्रो हाफमा पनि राम्रो लयमा रहेको बार्सिलोनाले ४८ औँ मिनेटमा लेवान्डोस्कीको गोलमार्फत् अग्रता दोब्बर बनायो। यसै समर बार्सिलोना आएका लेवान्डोस्कीले बार्सिलोनामा ८ खेलबाट ११ गोल पुरा गरेका छन्।

जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले ६ खेलमा १६ अंक प्राप्त गरेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १५ अंक रहेको छ।

त्यस्तै, अन्य खेलमा भ्यालेन्सियाले सेल्टा भिगोलाई ३-० ले पराजित गर्दा मालोर्काले अलमेरियालाई १-० ले हरायो। त्यस्तै, एट्लेटिको बेल्बाओले रायो भालाकानोलाई ३-२ ले पराजित गर्‍यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*