दर्शक झुक्याउने पोस्टर ‘दुई नम्बरी’

कोल्हवी न्यूज
२०७९ भाद्र ३१, शुक्रबार ०७:३२ गते

फिल्म ‘दुई नम्बरी’ बनेर तयार छ । असोज २१ गतेदेखि प्रदर्शन गर्ने तयारी टिमले गरिसकेको छ । त्यसका लागि प्रचारको काम तिब्र पारिएको छ ।

दिपेन्द्र लामा निर्देशित फिल्ममा भुटानी अभिनेत्रीसंगै दयाहाङ राई, सौगात मल्ल लगायत कलाकारको मुख्य भुमिका रहने फिल्मको ट्रेलरलाई दर्शकले मन पनि पराएका छन । निर्माण टिम फिल्मलाई बिदेशमा समेत प्रदर्शनको लागि भरपुर प्रयासमा लागेको छ । समग्रमा टिम फिल्मलाई लिएर उत्साहित र तयार छ ।

यद्यपि, एउटा गीतको म्युजिक भिडियो पनि सोही नाममा आउन लागेको खबरले दाँतमा ढुंगा लागे झैँ देखिएको छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा मेलिना राई र किरण गजमेरको स्वर रहेको ‘दुई नम्बरी’ बोलको गीत आज शुक्रवार सार्वजनिक हुँदैछ । आशा पौडेल र पुष्प खड्काको अभिनय रहने म्युजिक भिडियोको नाम र पोस्टरले दर्शक झुक्याउने देखिएको छ ।

अहिले फिल्म र गीतका पोस्टरमा खासै फरक देखिँदैन । यस्तोमा नाम नै जुधाउँदा फिल्मका निर्मातालाई घाटा हुने पक्का छ । यस विषयमा फिल्म निर्माताको भनाई आउन भने बाँकी छ । तर म्युजिक भिडियो बनाउँदै गर्दा भिडियोका निर्माताले समेत ध्यान दिन सकेको भए राम्रो हुन्थ्यो कि ? कलाकर्मीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*