च्याम्पियन्स लिगमा रियल मड्रिडकाे लगातार दोस्रो जित
च्याम्पियन्स लिगमा साबिक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालेको छ । उसले गएराति समूह ञएफझ अन्तर्गतको खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई २–० ले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा स्पेनिस क्लबलाई जित दिलाउन फेडेरिको भाल्भार्डे र मार्को एसेन्सियोेले एकरएक गोल गरे । खेलको ८–० औं मिनेटमा भाल्भार्डेको गोलमार्फत रियलले अग्रता लिएको थियो ।
थप गरिएको समयमा एसेन्सियोले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । यो जितसँगै दुई खेलमा ६ अंक जोडेको रियल शीर्ष स्थानमा रहँदा पराजित लाइप्जिग समान खेलमा १ अंकका साथ पुछारमा छ ।
यही समूहको अर्को खेलमा युक्रेनको शाख्तर डोनेटस्कले स्कटिस क्लब सेल्टिकसँग १–१ को बराबरी खेलेको छ । त्यस्तै, समूह ञएझ अन्तर्गतको खेलमा इटालियन क्लब नापोलीले स्कटिस क्लब रेन्जर्सलाई ३–० ले हराएको छ ।










