कोल्हवी ट्राफिक प्रहरिले सुरक्षित सडक सम्बन्धी कार्यक्रम गर्यो
कोल्हवी:बारा जिल्लाको कोल्हबी न.पा.वडा नं.१ कोल्हवी बजार स्थितमा ईलाका प्रहरी कार्यालय तथा अस्थाई ट्राफिक प्रहरी पोष्टले सुरक्षित सडक प्रयोग सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कोल्हविका प्र.ना.नि.सहितको प्रहरी टोलीले“समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत’’ सडक अनुशासन पालना तथा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम अन्तर्गत ठुला तथा साना सवारीका चालकहरु, स्थानिय युवाहरु, महिलाहरु गरि६०/६५ जनाको उपस्थितिमा सडक प्रयोगकर्ताहरुलाई सुरक्षित सडक प्रयोग सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय कोल्हविले जनाएको छ।
कोल्हविमा हाल सम्म सडक दुर्घटनामा परेर एक दर्जन भन्दा बढीले ज्यान समेत गुमाईसकेका छन भने प्रहरी तालिम केन्द्र माहराज्गन्ज काठमाडौका ए.आई.जि चढेको गाडी श्रावण ६ गते कोल्हविको झुर्झुरमा ब्रेक फेल भै दुर्घटना भएको थियो।