पत्रकार शिशिर सिंखडामाथि दुर्व्यवहार र हातपातको घटनाप्रति प्रेस चौतारीको आपत्ति

कोल्हवी न्युज
२०७९ भाद्र १, बुधबार १७:०८

कोल्हवी:प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज, चितवन जिल्लाका क्रियाशील पत्रकार कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि दुर्व्यवहार र हातपातको घटनाप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ । समाचार सम्प्रेषणको विषयलाई लिएर नेकपा एमाले कालिका नगरपालिकाका उपाध्यक्ष एवं पूर्वमेयरका पीए दीपक लामिछानेको नेतृत्वमा सांघातिक हमलाको प्रयत्न भएको घटना चौतारीले बिरोध गरेको हो ।
समाचारमा चित्त नवुझे सम्बन्धित निकायमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै पत्रकार सिंखडामाथि आक्रमण गर्नु निन्दनीय छ र यो संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी घटना भएको चौतारीका बागमती प्रदेश महासचिब प्रकाश दाहालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
नेकपा एमालेले भ्रष्ट्राचारमा शून्य सहनशीलताको नीति लिएको छ र केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले म पनि भष्ट्राचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्दै पटक पटक अभिव्यक्ति दिनुभएको छ । यस्तो अवस्थामा अख्तियारको मुद्दा दोस्रोपटक खेपीरहेका नीज नेताले पत्रकारमाथि आक्रमण गर्न एमालेको जबजको नीति विपरीत रहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।
पार्टी र जनताका नाममा राजनीतिक लाभमा पुगेका यस्ता व्यक्तिहरुबाट आर्थिक लाभका बिषयमा पटक पटक बाहिर कुरा आउनु र राजनीतिक दल र राज्य प्रभावमा परिरहनु दुर्भाग्यपूर्ण रहेको बिज्ञप्तमा उल्लेख छ ।जनपत्र बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*