बारामा नक्कली नागरिकको सक्कली नागरिकता उपर कारवाही अघि बढेन

फलोअप न्युज
डि.आर घिमिरे
२०७९ श्रावण २७, शुक्रबार १६:१८

कोल्हवी:भारत दार्जिलिङ घर भएकी रजनी राई (२१) ले थर परिवर्तन गरि बारा जिल्ला निजगढ न.पा. १२ रामथली स्थाई बस्ने आमा जिरी माया गोले र बुवा श्याम राज गोले लाई नक्कली आमा बुबा बनाइ नागरिकता लिएपछि नगरिकता बदर र दोषी उपर कार्वाही नभएको भन्दै रतनपुर सचेत युवा समूहले ध्यानाकर्षण गराएको छ।
समुहका संयोजक वीर सिह को टोलिले बिहिवार प्रमुख जिल्ला अधिकारी कृष्ण बाहादुर कटुवाल समक्ष भेटगरी ध्यानाकर्षण गराएको हो।भारतिय नागरिक राइले डेढ महिना अधि इप्रका सिमाराबाट वडा अध्यक्ष र वडा सचीवको मिलोमतोमा नक्कलि आमा बुबा खडा गरि नेपाली नागरिकता लिन सफल भएको आरोप लाग्दै आएको छ।
यस बिषयमा कोल्हबी न्युजले प्रजिअ कटुवाल संग बुझ्दा सम्पुर्ण फाइल इप्रका सिमाराबाट झिकाइएको र छानबिन भैरहेको बताउछन।
रतनपुर सचेत युवा समुहले श्रावण ८ गते नागरिकता बनाउन सिफारिस दिने वाडा अध्यक्ष ,सचिव,मुजुल्कामा साछी बस्ने सबैलाइ कार्वाहीको मग गर्दै उजुरी समेत दिएको थियो।
प्रजिअले कार्वाही अगाडि नबढाए थप संघर्षको कार्यक्रम अगाडि बढाउने संघर्ष समितिका संयोजक वीर सिहले कोल्हबी न्युजलाइ जानकारी दिएका छ्न।उता यस बिषयका आरोपिलाई प्रशासनले हाल सम्म पनि पक्राउ नगर्नुले घटना थप जटिल बन्दै गएको र गठबंधन सरकारको प्रभाब त होईन भन्ने शंका उत्पन्न भएको छ।किनकी नागरिकता सिफारिस गर्ने निजगढ नगर पालिका वडा न.१२ का वडा अध्यक्ष काङ्ग्रेस बाट निर्वाचित ज्ञान बहादुर गोले हुन!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*