‘प्रेमगीत ३’को चर्चाले ‘प्रकाश’लाई पारेको असर

कोल्हवी न्यूज
२०७९ श्रावण २१, शनिबार ०७:२० गते

एउटी आमाका लागि सन्तान कति प्रिय हुन्छन् होला रु सन्तान जति नै भए पनि आमाको माया कसैलाई कम र कसैलाई बढी हुन्छ होला र रु सम्भवतः यसको जवाफ दिन आवश्यक छैन । आमाको मायालाई ब्याख्या गर्ने कुनै शब्दकोष छैन । कलाकारका लागि आफूले अभिनय गरेको फिल्म पनि सन्तानभन्दा कम हुँदैन । महिनौं समय दिएको फिल्मप्रति हरेक कलाकारको बेग्लै प्रेम हुन्छ ।

अभिनेता प्रदीप खड्काका दुई सन्तान ‘प्रकाश’ र ‘प्रेमगीत ३’ प्रदर्शनको मुखमा छन् । दुवै फिल्म एक महिनाको अन्तरमा रिलिज हुँदैछन् भने दुवै फिल्ममा उनको फरक(फरक भूमिका छ । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा उनी आफ्नो करिअरकै भिन्न र चुनौतीपूर्ण भूमिकामा प्रस्तुत छन् । ‘प्रेमगीत ३’मा भने उनलाई एक्सन अवतारमा देख्न सकिनेछ ।

तर, प्रदीपले आफ्ना दुई फिल्ममध्ये ‘प्रेमगीत ३’लाई बढी माया र काखी च्यापेको देखिएको छ । आमाको माया त हरेक सन्तानलाई बराबर हुनुपर्ने हो तर, प्रदीपको माया सफलताको ग्यारेन्टी गर्ने फिल्मप्रति नै बढी रहेको स्पष्ट देखिन्छ । नभए, प्रदर्शनको मुखमा रहेको फिल्मको प्रचारलाई चटक्क छाडेर उनी ‘प्रेमगीत ३’को मात्र नाम जप्दै बस्ने थिएनन् । त्यो पनि मायानगरी मुम्बई शहरमा ।
‘प्रेमगीत ३’भन्दा यतिबेला प्रदीपको पहिलो प्राथमिकतामा ‘प्रकाश’ पर्नुपर्ने हो । किनभने, रिलिजले यो फिल्म एक महिना अगाडि छ । ‘प्रेमगीत’ त आफैंमा ब्रान्ड फिल्म हो । यसको नाम आफैंमा प्रचार अस्त्र हो । तर, ‘प्रकाश’ विल्कुलै नयाँ नाम हो । यसको कन्टेन्टदेखि कलाकारको चरित्रबारे बुझाउन प्रचारमा बढी समय दिनुपर्छ । तर, प्रदीपलाई ‘प्रेमगीत ३’कै नाम जपेर फुर्सद छैन ।

‘प्रकाश’को प्रचारमा दौडिरहेको समयमा उनी ‘प्रेमगीत ३’को भारत रिलिजको जानकारी दिन मुम्बई हानिए । अहिले उनी उतै छन् । मुम्बईको शहरमा फिल्मको पोस्टर टांगिएको फोटो सामाजिक सञ्जालमा हाल्दै उनी रमाइरहेका छन् । मिडियामा पनि यही फिल्मको चर्चा छ । प्रदीपले पनि ‘प्रेमगीत ३’कै बारेमा बोलिरहेका छन् । उनले ‘प्रकाश’ रिलिज हुँदैछ भन्ने नै विर्सिएको देखिन्छ ।

प्रदीप ‘प्रेमगीत ३’को भारत रिलिजको जानकारी दिन मुम्बई जानुअघि ‘प्रकाश’को चर्चा लोभलाग्दो थियो । प्रचारको क्रममा उनले बोलेका कुराले मिडियामा प्राथमिकता पाइरहेका थिए । फिल्मको कन्टेन्ट र उनको चरित्रलाई लिएर दर्शकमा चासो देखिन्थ्यो । तर, ‘प्रेमगीत ३’को भारत रिलिजको चर्चाले मिडिया र सामाजिक सञ्जालहरु तातेपछि ‘प्रकाश’को हाइपमा ठूलो असर गरेको छ ।

‘प्रकाश’ रिलिज हुन अब १९ दिन बाँकी छ । प्रदीप नेपालमा नहुँदा फिल्मको प्रचार सुस्ताएको छ । मिडियाहरु ‘प्रेमगीत’मय हुँदा ‘प्रकाश’ प्राथमिकतामा परेको छैन । रिलिजको मुखमा मुख्य नायक नै अर्को फिल्मलाई काखी च्यापेर मुम्बई हिँडेपछि प्रदीपसँग निर्माता(निर्देशकको सम्बन्ध चिसिएको सुनिन थालिएको छ । हुनत, उनका लागि निर्देशक(निर्मातासँग सम्बन्ध विग्रनु सामान्य हो ।

प्रदीपलाई थाहा छ, ‘प्रकाश’भन्दा ‘प्रेमगीत ३’ व्यावसायिक रुपमा बढी सफल हुन्छ । उनलाई यो विन्दूमा पुर्‍याएको पनि ‘प्रेमगीत’ ब्रान्डले हो । र, आजसम्म ‘प्रेमगीत’कै ब्याज खाएर बसिरहेका छन् । तर, ‘प्रकाश’बाट उनले आफ्नो अलग पहिचान बनाउने मौका पाउँदैछन् । यो अवसरलाई उनले अर्थपूर्ण हिसाबले हेर्नुपर्थ्यो । तर, के गर्ने उनमा ‘प्रकाश’भन्दा ‘प्रेमगीत ३’कै माया बढी देखिन्छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*