समृद्धि देवको ईन्द्रेणीका रङहरु नामक पुस्तक विमोचन

कोल्हवी न्युज
२०७९ श्रावण १६, सोमबार २०:२४ गते

कोल्हवी:समृद्धि देवको ईन्द्रेणीका रङहरु नामक पुस्तक विमोचन भएको छ । सोमबार एक कार्यक्रमका बीच देवको ईन्द्रेणीका रङहरु कविता सङ्ग्रह विमोचन गरिएको हो ।
हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सभाहलमा कविता सङ्ग्रह विमोचन गरिएको हो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीको प्रमुख आतिथ्यमा विमोचन कार्यक्रम भएको हो । नवोदय साहित्यक बगैंचा बाल क्लबले प्रकाशन गरेको कविता सङ्ग्रहमा २३ वटा कविता समावेश गरिएको छ । कविता सङ्ग्रहको भाषा सम्पादन सिएम रिमालले गर्नुभएको छ । ईन्द्रेणीका रङहरु कविता सङ्ग्रहमा नारीको वेदना, नेपालको सुन्दरता र नेपालीको अपेक्षाहरु समेटिएका छन् ।
म्यानेजमेन्टका विद्यार्थीहरुलाई प्रेरणा होस् भनेर हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सभाहलमा विद्यार्थीहरुबीच कविता सङ्ग्रह विमोचन गरिएको हो । कविता संग्रह विमोचन गर्नुहुँदै म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले साहित्य समाजलाई रुपान्तरण गर्ने मञ्च भएको बताउनुभयो । नवोदय शिशु सदनबाट १० कक्षा उत्तीर्ण गरेकी समृद्धि देवले हेटौंडा स्कूल अफ म्यानेजमेन्टबाट कक्षा १२ उतिर्ण गरेकी हुन्!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*