भारतियलाई नेपाली नागरिकता दिएको भन्दै ईलाका प्रशासन कार्यालय सिमरामा बिरोध( भिडियो सहित)
कोल्हवी:भारतियलाई नेपाली नागरिकता दिन सिफारिस गरेको भन्दै निजगढ नगरपालिका वडा न.१२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले सहित लाई कार्वाही गर्न ईलाका प्रशासन कार्यालय सिमरामा धर्ना तथा बिरोध सभा सम्पन्न भएको छ!
निजगढ नगरपालिका वडा न.१२ रतनपुरका सचेत नागरिक समाजले आज गरेको बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रममा ५० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो! निजगढ न.पा.१२ रामथली बस्ने जिरिमाया आमा र श्याम राज गोले बाबु बनी भारतिय महिला दार्जिलिङ बस्ने बर्ष २२ कि रजनी राईले नेपाली भनी नागरिकता बनाएकी थिईन!
जन्मदर्ता समेत वडा १२ का वडा सचिब शुभ चन्द्र महत्तोले नक्कली बनाएको र्सर्जिमिन मुचुल्का गरि सिफारिस गरेकोले वडा अध्यक्ष,वडा सचिब र सर्जिमिन मुचुल्कामा साक्षी बस्ने सम्पुर्णलाई कारबाही गर्नुपर्ने समाजका अध्यक्ष युवक मोक्तानले कोल्हवी न्युजलाई जानकारी दिएका छन! उता रजनी गोले भन्ने रजनी राईको भारतिय रासन कार्डमा ३७७७९५६५०३५६६ लेखिएको छ भने भारतिय निर्वाचन आयोगको परिचय पत्रमा TQG२0७९२५ लेखिएको प्रमाण फेला परेको धर्ना कार्यक्रममा रहेका स्थानियले आरोप लगाएका छन!
यता ईलाका प्रशासन कार्यालय सिमराका सहायक जिल्ला अधिकारी बाहिर रहेकाले अधिकृत तारा प्रसाद आचार्यले नक्कली कागज पत्र बनाई नागरिकता बनाउन सिफारिस गर्ने उपर कारबाही गर्न निवेदन समेत परेकाले निवेदन दर्ता गरि कारवाही प्रकृया अघि बढाउने कोल्हवी न्युजलाई जानकारी दिनुभएको छ!भिडियो: