कोल्हवी न्युजका सम्पादक माथी चितवनको राप्ती नगरपालिकामा आक्रमणको प्रयास

कोल्हवी न्युज
२०७९ श्रावण ११, बुधबार ०८:३९

कोल्हवी: बारा जिल्लाको कोल्हवी बाट प्रकाशित कोल्हवी न्युज अनलाइनका सम्पादक राधाकृष्ण मैनालिमाथी हिजो चितवन जिल्लाको राप्ती नगरपालिका वडा न. ५ मा आक्रमणको प्रयास भएको छ!
जिल्ला चितवन राप्ति न.पा वडा न ५ निवासी बिपक्षी चन्द्रकान्त रूवाली र निजको गठमेलका मानिसहरूले पक्षको तर्फबाट बहसपैरबी गरी जिल्ला अदालतको फैसला उल्टाइ उच्च अदालत र सर्बोच्च बाट समेत सफाई दिलाई दिएको निहुमा हिजो पक्ष मृतकको पत्नी रन्जना मैनाली वडा कार्यालय र राप्ति न.पा कार्यलयमा पति रबि रूवालीको मृत्यु दर्ता गर्न भनि जांदा निजहरूले वडा कार्यलय र नगरपालिका समेत घेराउ गरी कानुनलाई हातमा लिई सम्पुर्ण वडावासीले हुलदंगा,लफडा, धरपकड गरी सफाई पाएको अभियुत्तलाई कालोमोसो दल्ने र म निजको का.ब्या.लाई मास्क लगाई निर्घात रूपमा कुटपिट गर्ने भनी कार्यालय घेराउ गरि आक्रमणको प्रयास भएको सम्पादक मैनालिको भनाई छ!उहाँ पेसाले कानुन ब्यब्सायी पनि हुनुहुन्छ!
यस्तो कार्य प्रती कोल्हवी न्युज घोर भत्सर्ना गर्दछ!यस्तो कार्य गर्नु अाफैमा सार्है अमानवीय निन्दनीय एवम गैर्हकानुनी हर्कत हो ।
उहाँ ने.का चितवन जिल्ला सभापति रामेश्वर खनालको सहयोगमा,चितवन जिल्ला एस.पि.निर्देशनमा ई.प्र.का. खैरेनीका इन्सपेक्टर अनोज बि.क को सहयोगमा खैरेनी हुदै बैरेनी सम्म र बैरेनीबाट भण्डारा हुदै लोथर सम्म र त्यस्पछि लोथरबाट मनहरी सम्म प्रहरी सुरक्षा स्कटिङ मार्फत हेटौडा सम्म अाईपुग्न सफल हुनुभएको छ ।
उहाले हामी का.ब्या.ले पक्षको बकालत गरेकै कारण अनाहकमा मृत्यु वरण गर्न नपरोस भनी ने.बा.ए., ने.का.ब्या.परिषद, कानुन मन्त्रालय र गृह मन्त्रालयलाई समेत
आफ्नो फेसबुक स्टाटस मार्फत ध्यानाकर्षण समेत गराउनु भएको छ !यस्तो हर्कत गर्ने जो कोहिलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारबाही होस भनी कोल्हवी न्युजले समेत आफ्नो सम्पादक माथी भएको घटना प्रती घोर आपत्ति प्रकट गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*