कोल्हवीका शिबराज मैनाली भारतको मुम्बई शहरमा फेला

कोल्हवी न्युज
२०७९ श्रावण १०, मंगलवार १२:४३

कोल्हवी: बाराको कोल्हवी नगरपालिका वडा न.२ भलुवाइखोरका शिबराज मैनाली २६ दिनपछि भारतको मुम्बई सहरमा फेला पर्नुभएको छ।
परिवार श्रोतका अनुसार उनी रोजगारिको शिलसिलामा भारत पुगेको र उनको मोबाइल पानीमा डुबेर आफुले सम्पर्क गर्न कठिनाई भएकालेे आज २६ औ दिनमा भिडियो कल मार्फत भाइ राजेन्द्र मैनालिलाई सम्पर्क गरेको निजका भाईले कोल्हवी न्युजलाई जानकारी दिएका छन।
उहाँ २६ दिन अगाडि जितपुर सिमरा बाट परिवार बाट सम्पर्क बिहिन भएपछी परिवारले खोजी गरिदिन सम्बन्धित निकाय देखि सबै तिर खोजी कार्य जारी राखेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*