स्वतन्त्र नागरिक तथा नगर प्रेमी सुरज बिक्रमले उठाए प्रश्न?

कोल्हवी न्युज
२०७९ असार ३०, बिहीबार १२:४३

कोल्हवी:कोल्हवी नगरमा निकै चर्चमा रहेको नाम हो सुरज बिक्रम जो अन्याय , कुरिती , अत्याचार भष्ट्रचार , स्थानीय तह मा जनप्रतिनिधिहरुले स्थानीय जनतालाई गरेको विभेद बारे बुलन्द आवाज उठाउने , विकास प्रेमी हजारौं जनताको मनमुटुमा बस्न सफल युवा समाज सेवी तथा स्वतन्त्र नागरीक , नगर प्रेमी बिक्रमले कोल्हवी नगरको विद्यालय को आर्थिक बेरुजु केही दिन अघि महालेखा परिक्षक कार्यालयले सार्वजनिक गरेपछि कडा चट्टानी बुलन्द आवाज उठाएर बिरोध गरेका छन्। समाजसेवी बिक्रमले निकै सामाजिक काम गर्दै आएका छन् र भोलि को दिनमा पनि गर्ने बताउछन् । उहि समाजसेवी ले आज नगरको विद्यालयमा भएको अनियमतता को बारेमा खुल्ला खबरदारी गरेका छन्। उनले कोल्हवी नगरको विद्यालयमा भएको बेरुजुको बिरोध गरेका छन्। आउनुस केही बुझौ बेरुजुको बारेमा ।अहिले बेरुजु चर्चामा छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि बेरुजुसँग सम्बन्धित समाचारहरु पनि बग्रेल्ती आइरहेका छन् । त्यसो त प्रत्येक वर्ष महालेखाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि बेरुजुबारे चर्चा बाक्लिन्छ । यदाकदा अन्य समयमा पनि बेरुजुबारे चर्चा भइरहेको सुनिन्छ ।
के हो त बेरुजु ?
‘बेरुजु’ को अर्थ बुझ्न पहिला ‘रुजु’ शब्दको अर्थ बुझ्न आवश्यक छ । रुजु भन्नाले तथ्य प्रमाणित वा पुष्टि गर्ने लेखा परीक्षणको प्रक्रिया हो ।
अब कुरा कोल्हवी नगर मित्र भएका विद्यालयहरुमा भएका बेरुजु रकम बारे!काठमाडौं मा रहेको महालेखा परीक्षको कार्यालय ले २०७९/०३/१३ गते निकाले को सम्परीक्षण प्रतिवेदन मा बारा को कोल्हवी नगरपालिका भित्रका विद्यालय हरुको बाकि रहेको बेरुजु को रिपोर्ट । परीक्षक कार्यालयले यी विद्यालय हरुलाई कार्यसम्पादन प्रतिवेदन र कार्य गरेको कागजात पेश गर्न माग गरेको छ ।
आव २०७१/०७२ जनता मावि ककडी प्रसौना -३,५०,०००/-
आव २०७१/०७२ अनुपदिपनी मावि कोल्हवी -३,५०,०००/-
आव २०७२/०७३ ने रा प्रा वि अधनवा – ४,००,०००/-
आव २०७२/०७३ ने रा नि मा वि जुअवा – १९,५०,०००/-
आव २०७२/०७३ अनुप दिपनी मावि कोल्हवी – १,००,०००/-
आव २०७२/०७३ ने रा प्रा वि ककडी बलुवा – १३,५०,०००/-
आव २०७३/०७४ जनता मावि ककडी प्रसौना – ३०,००,०००/-
आव २०७३/०७४ ने रा प्रा वि बेलवा धोधरपा – १६,००,०००/-
आव २०७४/०७५ ने रा प्रा वि धोधरपा कट्टा – ५,५१,०००/-
यसरी समाजसेवी बिक्रमले उठाएको बिषयमा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । सुरज बिक्रम आउदो स्थानीय तहको चुनावमा स्वतन्त्र बाट कोल्हवी वडा नं ५ का वडा अध्यक्षका उम्मेदवार हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*