कम भोल्टेजका कारण कोल्हवी ८ का बासिन्दा चिन्तामा

कोल्हवी न्युज
२०७९ असार २५, शनिबार १४:२० गते

कोल्हवी:बिगत केही दिन देखि कोल्हबी न. पा-८ मा केही टोलका जनताहरु विद्युतको कम भोल्टेजका कारण अत्याधिक समस्यामा परेका छन।
सिचाइ गर्न मटर नचल्ने, राती सुत्न पङ्खा नचल्ने तथा हुदा हुदा आजबाट त मोबाइल समेत चार्ज नहुने अवस्थामा छ। यस वार्डमा ३०० वाट्को क्षमता भएको ट्रान्सर्फमर आवश्यक रहेकोमा हाल १०० वाटको मात्र रहेकोले लाइनको समस्या बारम्बार दोहोरिने गरेको छ।
एकातिर अत्यधिक गर्मीले बच्चा र बृद्धअबश्था जनताहरु डिप्रेसन हुन सक्ने, तथा सर्पको समेत खतरा बढेको छ। स्थानीय जनप्रतिनिधिलाइ पटक पटक फोन सम्पर्क मार्फत साथै प्रत्यक्ष भेटमार्फत ध्यानाकर्षण गराउदा नगरले वार्डमा बिगतका बर्षमा भन्दा आधा भन्दा पनि कम बजेट दिएकोमा छुट्याइएको ५० लाख बजेट बिनियोजन गरि सामाजिक संजाल मार्फत सुचना प्रवाह गरिसकेको र बजेटको शिर्षक हेरफेर गर्न कठिन रहेकोले थप ट्रान्सर्फमर किन्न सक्ने अवस्था नरहेको कोल्हबी न .पा-८ का जनप्रतिनिधिहरु बताएको स्थानीय हरुको आरोप छ। साथै नगरपालिकाले विद्युतिकरणका लागि थप बजेट करिब २५ लाख दिएमा २ वटा ट्रान्सर्फमर खरिद गरि आवश्यकता अनुसारको तार लगाएतको ब्यावस्थापन गरि यो समस्या सधैका लागि सामाधान गर्न सकिने कोल्हबी न पा-८ का वडा अध्यक्ष अनुप सुवेदी बताउछन।
झुठा आश्वासन र खोक्रो आडम्बर बोकेको भाषणमा भन्दा ज्वलन्त यथार्थ काममा बिश्वास गर्ने र तुरन्त एक्सनमा उत्रिने कोल्हबी -८ का जुझारु बिकाश प्रेमी वडा अध्यक्ष अनुप सुवेदीको नेतृत्वमा वार्डका केही युवाहरु र विद्युत प्राधिकरणको कर्मचारि हरु मिलि हालको क्षणिक समस्याको समाधान गर्न सफल भएतापनी यो समस्या पुर्ण समाधान भने होइन फेरि पनि समस्या दोहोरिने संभावना अत्याधिक रहेको छ।
उता पुर्व वडा अध्यक्ष सार्थक पौडेलले यो समस्या पहिले पनि रहेकोले सम्बन्धित निकाय मार्फत समस्या हल गर्न र दीर्घकालीन उपाय नखोजी नहुने र आफ्नो समेत सहयोग रहने बताउछ्न।उता कोल्हवी न्युज सङ कुरा गर्दै वडा अध्यक्ष अनुप सुबेदिले तत्काल समस्या समाधान गर्न नसकिने र केही समय लाग्न सक्ने बताउनु भएको छ।बिधुत प्राधिकरण कलैया साखा प्रमुखलाई समेत यश बिसयमा जानकारी गराउदा तत्काल समस्या समाधान गर्न गारो हुने र केन्द्रमै जानकारी गराउनु पर्ने हुदा समय लाग्ने समेत बताएको अध्यक्ष सुबेदिको गुनासो छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*