कोल्हवी २ का शिबराज मैनाली केही दिन देखि बेपत्ता
कोल्हवी:बाराको कोल्हवी नगरपालिका वडा न.२ स्थाई घर हुने हाल जितपुर सिमरा उप- माहानगरपालिका वडा न.८ बाट असार १७ गते देखि शिबराज मैनाली बेपत्ता भएका छन।
उनी जितपुरको एक कारखानामा सुरक्षा गार्डको रुपमा काम गर्दै आइरहेको परिवारले बताएको छ।घरमा उनले यो महिनाको तलब दिएर आफुलाई रु.एक हजार भए पुग्छ भन्दै जितपुर काममा निस्केको परिवारले बताएको छ।केही दिन देखि अत्याधिक मोबाईलमा कल आउने गरेको उनी निकट साथीहरूले परिवारलाई जानकारी गराएको छ।यश विषयका सम्बन्धमा भाइ राजेन्द्र मैनाली सङ कोल्हवी न्युज ले बुज्द्दा प्रहरी,जिल्ला प्रसासन सबै तिर उजुरी गरिसकिएको बताएका छन!
परिवार श्रोतले सम्पर्कमा नआएकाले वाहालाई चिन्नु हुने, देख्नू हुने वा यो सुचना प्राप्त गर्ने सबै साथी भाईहरुले आ-आफ्नो स्थानबाट जो सकेको मानविय सहयोग गरिदिनु हुन बिनम्र पुर्वक; साथि भाई, ईष्ट मित्र, सुरक्षा कर्मी, समाजसेवी लगाएत सम्पूर्णमा अनुरोध समेत गरेको छ!
परिवारले कहि कतै देखेमा र भेटेमा९८४५२८५५५३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ !