खानेपानी मन्त्री को पहल र बोलीले पायो सार्थकता निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भो पक्का( भिडियो सहित)
कोल्हवी:सर्वोच्च अदालतले केही समय अघि बारामा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन अन्तरिम आदेश दिएको थियो र सरकारले आज सम्म गरेको प्रगति विवरण सबै खारेज गर्न भनेको थियो । त्यो निर्णय आएपछि बाराका निजगढ नगरपालिका , कोल्हवी नगरपालिका र जितपुरसिमरा उपमहानगर पालिका का विमानस्थल सरोकारवाला हरु आन्दोलित बनेका थिए ।
केही दिन अघि कोल्हवी नगर सभामा बोल्दै प्रमुख अथिति समेत रहेका नेपाल सरकारको खानेपानी मन्त्री उमाकान्त चौधरीले आफुले प्रधानमन्त्री सहित सबै दलका प्रमुख लाई निजगढका पुर्व मेयर सुरेशकुमार खनाल लगायतका टोलि संग निवास मै गएर ज्ञापन पत्र बुझाएको र ससंदमा पनि जसरी पनि बारामा विमानस्थल बन्नै पर्छ भनेर माग राखेको र यो विमानस्थल बन्ने भनेर ठोकुवा गरेको केही दिन नबित्दै हिजो सर्वोच्च अदालतले वातावरण मुल्यांकन गर्दै बारामा विमानस्थल बनाउनु भनेर आदेश दिदै पुर्ण पाठ निकालेको छ भने सरकार ले पनि जेठ १५ गते भएको बजेट भाषणमा विमानस्थल निर्माणका लागि बजेट छुट्टाएको थियो!
विमानस्थल नबनाउन भनेर अदालत बाट आएको अन्तरिम आदेश पछि बाराको कोल्हवीमा उद्योग बाणिज्य संगको नेतृत्व र विमानस्थल सरोकार समितिका संयोजक ढुन्डीराज उप्रेती को पहलमा बैठक बसी जसरी पनि विमानस्थल बनाउन दवाव श्रृजना गर्ने निचोड निकालिएको थियो ।
उक्त बैठक ले विमानस्थल सरोकार समिति को संयोजक मा ढुण्डीराज उप्रेती र युवा परिचालन समिति को संयोजकमा रसिक सुवेदी नियुक्त समेत गर्यो र उक्त समितिहरुले कोल्हवीमा बिरोध स्वरुप राके जुलुस पनि निकाल्यो । कोल्हवीमा भएको कार्यक्रमहरुमा नेपाली काङ्ग्रेसका रवीन्द्र पनुहर , सुभद्रा धिमाल , महेश साह , राप्रपाका राजेन्द्र मैनाली , नेकपा एमालेका केवल चौधरी , पुरनदेव चौधरी , ढुण्डिराज उप्रेती , रामु प्रसाईं , सुजन अधिकारी , रसिक सुवेदी , नेकपा एस का विभा कार्की , छविलाल उप्रेती , तेज प्रसाद चौधरी , नेकपा माओवादी केन्द्र का तपेश्वर राय ,जसपाका लिला पाण्डे लगायत त्यहाँका स्थानिय संचार माध्यमहरुले समेत अहम भुमिका निर्वाह गरेका थिए।
उता निजगढमा महिनौं बिरोधका कार्यक्रम सञ्चालन भएको थियो ।निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ को नेतृत्व मा चक्का जाम , र्यालि , धर्ना , रिले अन्सन जस्ता कार्यक्रम हरु सञ्चालन गरी व्यापक दबाब दिईएको थियो । सो कार्यक्रममा सहभागीता जनाउदै मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउत र पुर्व मन्त्री प्रभु साहले पनि जसरी पनि विमानस्थल बनाउनै पर्ने धारणा राखेका थिए । उक्त कार्यक्रममा कोल्हवी सरोकारवाला हरुले पनि सहभागी जनाए । कोल्हवी बाट आठ नं वडा का अध्यक्ष अनुप सुवेदी , वडा अध्यक्ष प्रत्यसी लिला पाण्डे र युवा परिचालन समिति का संयोजक रसिक सुवेदी को नेतृत्वमा पटक पटक निजगढ मा भएको कार्यक्रम मा सहभागीता जनाईएको थियो ।
निजगढ सरोकार समितिले पनि काठमाडौमा गएर पुर्व मन्त्री पुरुसोतम पौडेलको नेतृत्वमा तत्कालीन पर्यटन मन्त्री प्रेम आले लगायत प्रमुख नेता हरु लाई ज्ञापन पत्र बुझाई जसरी पनि विमानस्थल बनाउन दवाव दिईएको थियो भने नेकपा माओवादी केन्द्र का मधेश प्रदेश सदस्य रविराज दंगालको टोलिले पनि प्रचण्ड लगायतका नेताहरु लाई ज्ञापन पत्र बुझाएको थियो ।
केही महिना पहिले विमानस्थल नबनाउन भनेर आदेश दिएको अदालतले सबै को बिरोध पछि हिजो वातावरण संरक्षण गर्दै विमानस्थल बनाउन आदेश दिदै पुर्ण पाठ सार्वजनिक गरेको छ।भिडियो सहित:










